कैदीबन्दीको मागबमोजिम तालीम शुरु

माघ २५, दमौली । तनहुँ जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले सिलाइकटाइ तालीम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति, व्यास नगरपालिका र जिल्ला कारागारको संयुक्त आयोजनामा बिहीबाररदेखि कारागारभित्रै तीनमहिने सो तालीम शुरु गरिएको हो । 

कारागार प्रमुख नारायण अधिकारीले भने, ‘‘कैदीबन्दीको मागबमोजिम तालीम शुरु गरेका हौँ । तालीमले कैदीबन्दीलाई आत्मनिर्भर बनाउने अपेक्षा राखेका छौँ ।’’ 

तालीमको शुरुआत गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापित हुन तालीमले सहयोग गर्ने बताए । 

null

गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका कामहरु कारागारमा पनि उपलब्ध गराउन छलफल भइरहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भने, ‘‘कारागारभित्र बस्दा खेर गइरहेको समय सदुपयोग गर्दै सिकिने सीपले आगामी दिनमा आयआर्जनको बाटोतर्फ दोर्याउने विश्वास लिएका छौँ ।’’ 

प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले कारागार सजायको थलो मात्रै नभई सुधारको थलो पनि भएकाले यस्ता तालीमले कैदीबन्दीको आचरण सुधारमा समेत सहयोग पुग्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =