वर्षा र संजोगलाई यस्तो देखियो दुलहा, दुलही हुँदा
२०७५ फागुन २ गते

फागुन २, काठमाडौँ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोईरालाले आफनो लामो समयको प्रेम सम्बन्धनलाई पूर्णबिराम लगाउँदै बैवाहिक बन्धनमा बाँधिएका छन् । आज उनीहरुको बिवाह काठमाण्डौको एक पार्टी प्यालेसमा सम्पन्न भएकाे छ ।
उनीहरुले बिगत सात बर्ष सम्मको लामो प्रेम सम्बन्धलाई आज भ्यालेनटाईन डे को अवसर पारेर उक्त सम्बन्धलाई बिवाहको नाम दिई नयाँ जिवन सुरुवात गरेका छन् ।
null
अचम्मको कुरो त के हो भने उनले आफ्नो बिवाहमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निमन्त्रणा गरेकी थिईनन् । यी दुई जोडीले भोली बेलुकी आफन्त र चलचित्रकर्मीबिच पार्टीको आयोजना गरेका छन् । उनीहहरुको बिहेमा पत्रकारलाई समेत फोटो खिच्न बन्देज गरिएका छन् ।
नायिका वर्षाले म्यूजिक भिडियोबाट कलाकारितामा प्रवेश गरी चलचित्र नाई नभन्नु ४ बाट चलचित्र जगतमा पाईला टेकेकी हुन् ।
२०७५ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








