सम्झौता बिनै तोडियो डा. केसीको १६ औँ अनशन

माघ १९, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधासको माग गर्दै आएका डा. गोविन्द केसीले २४ औँ दिनमा शुक्रबार १६ औँ अनशन तोडेको घोषणा गरे । 

अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाएकी थिइन् । 

सरकारले तयार पारेको मेडिकल शिक्षा विधेयक फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको विधेयकको भावना विपरीत संसदमा आएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग गर्दै डा। केसीले इलामबाट अनशन सुरु गरेका थिए । 

null

सरकाले डा. केसीले उठाउँदै आएको माग ९५ प्रतिशत पूरा भएको बताउँदै अनशन बसिरहेकै अवस्थामा संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित गराएको थियो । 

१६ औँ पटकको अनशन २४ दिनमा प्रवेश गर्दा पनि सरकारले डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेपछि नागरिक समाजको पहलमा डा. केसीलाई अनशन तोडाउन आग्रह गरेबमोजिम उनले अनशन ताडेका हुन् । डा. केसीको यो पटकको अनशन सम्झौताबिना नै तोडिएको हो । 

“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा. केसीको शक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =