नागढुंगाबाट लागुऔषध सहित दुई पक्राउ

माघ २०, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ स्थित नागढुंगा चेकप्वाईन्टबाट लागू औषध कारोबारमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोली लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा लतिलपुर स्थायी घर भएका २६ वर्षीय सिरिश कर्माचार्य र सोही उमेर समुहका सरदराज भण्डारी रहेका छन् ।
null
आईतबार मध्यान्ह पक्राउ परेका उनीहरुको साथबाट ५४ एम्पुल फेनारगन, ५४ एम्पुल नुफ्रिन र सोही परिणाममा डाईजेपाम (सेरेज्याक) बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटका प्रमुख (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लु. १ ख. ९९८५ नम्बरको यात्रुबाहक बसमा सवार कर्मचार्य र भण्डारीलाई चेकजाँच गर्दा प्लाष्टिकको झोलामा लुकाएर ल्याएको अवस्थामा लागु औषध फेला परेको थियो । उनीहरुबारे थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।








