मार्क जुकरबर्गकी बहिनीले यसकारण छोडेकी थिइन् फेसबुककाे नोकरी

माघ २७, काठमाडौँ । फेसबुकका सीईओ तथा को–फाउण्डर मार्क जुकरबर्ग संसारका धनी व्यक्तिहरुको सूचीमा पाचौँ स्थानमा छन् । उनको कुल सम्पति ७४ बिलियन डलर छ । करीब ८ वर्ष पहिले जुकरबर्गकी बहिनी रैंड जुकरबर्गले फेसबुककाे नोकरी छोडेकी थिइन् । नोकरी छोड्नुको कारणबारे उनले अहिले अचम्मको खुलासा गरेकी छिन् । 

वास्तवमा रैंडी जुकरबर्गले फेसबुकको नोकरी यसकारण छोडेकी थिइन् कि कम्पनीमा उनलाई महिलाको कमी महशुस हुन्थ्यो । 

 

null

एक अन्तर्वार्ताको समयमा रैंडीले यसबारे खुलासा गरेकी हुन् । ‘सुरुवातमा फेसबुकमा ५० कर्मचारी थियौँ । त्यस समय टेक इन्ड्रष्टिमा महिला सामेल हुन मुश्किल थियो, तर म यस्तो माहोल चाहन्थेँ कि जहाँ महिलाको सहभागीता धेरै होस्’, उनले भनिन् । 

उनका अनुसार सुरुवाती समयमा फेसबुकको अधिकांश विभागमा उनीबाहेक दोस्रो महिला कोही थिएनन् । उनलाई यस्तो मन परेको थिएन । त्यसैले उनले फेसबुक नोकरी नै छोड्ने निर्णय लिइन् । 

रैंडी भन्छिन्, ‘टेक्नोलोजीको दुनियाँमा पुरुषको दबदबा छ । म मार्कको भनाइ अनुसार फेसबुकको सुरुवातदेखि नै कम्पनीसँग जोडिएकी थिएँ । फेसबुकमा लाइभ स्ट्रीमिंग विभागको जिम्मेवारी मलाई दिइएको थियो ।’ 

रैंडीले सन् २०११ मा फेसबुकको नोकरी छोडेकी थिइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *