मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिए

फागुन १२, बामाको ।  मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । 

 

मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका छन् । मालीमा तैनाथ राष्ट्रसङ्घीय मिसन (मिनुस्मा) मा गिनीका झण्डै ९०० सैनिक कार्यरत छन् । मिनुस्मामा गिनी समेत विभिन्न देशका करिब १५ हजार सैनिक रहेका छन् । 

null

मिनुस्माले जारी गरेको एक वक्तव्यमा राजधानी बामाकोबाट करिब ४४ किलोमिटर दक्षिणपश्चिमको शिबी भन्ने स्थानमा शुक्रबार बिहान अपरिचित सशस्त्र समूहले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको जनाइएको छ । आक्रमणमा अर्का एक सैनिक घाइते भएका छन् । 

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले एक वक्तव्य जारी गरी आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । राष्ट्रसङ्घीय सुरक्षा परिषदले समेत आक्रमणको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ । इस्लामिक अतिवादीहरुले सन् २०१२ मा उत्तरी मालीमा कब्जा जमाएपछि राष्ट्रसङ्घले शान्ति सैनिक पठाएको छ । 

सन् २०१५ मा बामाको सरकार र सशस्त्र विद्रोहीबीच शान्ति सम्झौता भइसकेको छ । तर इस्लामिक विद्रोहीले हत्याहिंसाका घटना नरोकेका कारण उक्त सम्झौताको पूर्ण कार्यान्वयन हुन सकेको छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *