चितवनमा ४५ पेटी अण्डा नष्ट गरियो

 

फागुन १४, चितवन । भारतबाट अबैध रूपमा चितवन भित्र्याइएको नौ हजार ५६० वटा (४५ पेटी) अण्डा नेपाल ह्याचरी उद्योग संघले बरामद गरी नष्ट गरेको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर–५ स्थित तोरीखेतमा रहेको मिलन ह्याचरीले भारतबाट अवैध रूपमा नवलपरासीको बर्दघाट हुँदै चितवन भित्र्याएका नौ हजार ५६० वटा (४५ पेटी) अण्डा चितवनका ह्याचरी उद्योगीहरुले नष्ट गरिदिएका छन् । 

null

मिलन ह्याचरीका सञ्चालक कमल पौडेलले भारतबाट ल्याएर चल्ला उत्पादनका लागी उद्योगमा राखेका अण्डा ह्याचरी उद्योग संघका केन्द्रीय टोली र जिल्लाका पदाधिकारीहरुको संयुक्त टोलीले उद्योगमै पुगेर नष्ट गरेको संघले जनाएको छ । 

आइतबार भारतबाट चितवन ल्याएका अण्डा नष्ट गर्नका लागि उद्योगीहरुले सोमबार बिहान पशु तथा भेटेरिनरी कार्यालय, भरतपुर लगेका थिए । कार्यालय परिसरमा राखिएको गाडी ह्याचरीका सञ्चालक पौडेलले गाडी चालक लाई दबाब दिएर अण्डा लिएर फरार भएका छन् । 

४५ पेटी अण्डासहित गाडी लिएर पौडेल फरार भएपछि उद्योगीहरु पौडेलकै उद्योगमा पुगेका थिए । चल्ला उत्पादनका लागि मेसिनमा राखिएको अण्डा ह्याचरी उद्योग संघका केन्द्रीय र जिल्ला पदाधिकारीहरुको समूहले नष्ट गरेका हुन् । 

पशु क्वारेन्टाइन चेक पोस्ट आँपटारीले भने नष्ट गरिएको अण्डाको विषयमा केही जानकारी नआएको बताएको छ । यता, पशु तथा भेटेरिनरी कार्यालय, चितवनका प्रमुख विजय श्रेष्ठले कार्यालय परिसरमा अण्डा आएपनि गाडी लिएर फरार भएका पौडेल सम्पर्कमा नआएको जानकारी दिए । जिल्लामा ११७ ह्याचरी उद्योग रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *