एनसेलसँगको बक्यौता ७२ अर्ब ५८ करोड, एक महिनाभित्र रकम उठाउन निर्देशन

माघ २७, काठमाडौँ । एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको छ । 

आइतबार बसेको अर्थ समितिको बैठकमा राजस्व सचिव लालशंकर घिमिरेले प्रस्तुत गरेको तथ्यांक अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो। 

आइतबार बसेको अर्थ समितिको बैठकले दूरसञ्चार कम्पनी एनसेलसँगको बोक्यौता रकम तत्काल उठाउन निर्देशन समेत दिएको छ । एक महिनाभित्र उक्त रकम उठान गरिसक्न निर्देशन दिइएको हो । 

null

त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम भने जम्मा ४ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ। 

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्नेपर्ने जानकारी गराएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =