अँध्यारो भएपछि बालिकालाई उखुबारीमा लगी बलात्कारपछि हत्या

जनकपुरधाम । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा हदिश खुद्दारले लेखेका छन् । 

उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका–२ दुहबीबाट सोमबार पक्राउ गरेको थियो । बटेश्वर गाउँपालिका–४ बैगाली टोल बस्ने हम्ली डन भनिने २२ वर्षीय मगरले २ फागुनमा मिथिला नगरपालिका–३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षीया छोरी दुतियालाई बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ छ । 

अँध्यारो भएपछि बालिकालाई उखुबारीमा लगी बलात्कारगत १ फागुनमा दुतियाबाबु देवनारायणसँगै छिमेकी इन्द्र थापा मगरकी छोरी मन्दिरा थापाको बिहेको भोजमा गएकी थिइन् । सांस्कृतिक कार्यक्रममा दुतियाले नाचगान गरिन् । त्यही वेला बिजुली गएपछि सांस्कृतिक कार्यक्रम बीचमै रोकियो । 

null

अँध्यारो भएको मौका छोपी मगरले दुतियालाई चाउचाउ र फ्रुटी किनिदिने भन्दै ललाइफकाई गरी खोलाको बाटो हुँदै घरबाट करिब दुई सय मिटर पर पोखरीको छेउमा रहेको उखु खेतमा लगेर बलात्कार गरे । गाउँमा आफ्नो पोल खोलिदिने डरले मगरले दुतियाको घाँटी थिचेर हत्या गरेका थिए । 

हत्यापछि दुतियाको शव लुकाउन र फिंगर प्रिन्टलगायतका प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि उखुको सुकेको पात, कपडा र चप्पल राखेर लाइटरले आगो लगाई मगर पुनः सांस्कृतिक कार्यक्रममा सहभागी भए । 

राति साढे ११ बजे उनी सांस्कृतिक कार्यक्रमबाट निस्केर मामाको घरमा सुतेका थिए । ३ फागुन बिहीबार बिहान घटनाबारे गाउँमा हल्ला भएपछि उनी पनि घटनास्थल पुगेका थिए । पछि पक्राउ पर्न सक्ने डरले उनी गाउँ छाडेर भागेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *