पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी ह्याम्स अस्पतालको आइसियूमा

माघ २५, काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् । 

फोक्सोमा कफ जमेको र श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई बिहीबार ललितपुरस्थित भैसेपाटीको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । 

उनको आइसियूमा उपचार भइरहको अस्पतालले जनाएको छ । 

null

यसअघि अधिकारीलाई स्वासप्रस्वासमा समस्या देखिएर मेडसिटी अस्पतालमा उपचार गराइएको थियो। हिजोमात्रै उनलाई ह्याम्स सारिएको हो। 

अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पतालले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *