कार्यदलप्रति ओली – दाहाल असन्तुष्ट, पूरा नभए पनि प्रतिवेदन माग्ने तयारी

काठमाडौं। नेकपा अध्यक्षद्वयले पार्टीको संगठनात्मक प्रतिवेदन तयार पार्न गठन गरेको कार्यदलको प्रतिवेदन अपूरै भए पनि माग्ने संकेत गरेका छन्। 

पार्टी एकता टुंगो लगाउन स्थायी समिति बैठकले १३ पुसमा गठन गरेको कार्यदलले काम गर्न ढिलाइ गरेपछि अहिलेसम्मका कामको प्रतिवेदन पूरा नभए पनि नेताहरूले माग्ने तयारी गर्न थालेका छन्। 

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको ढिलाइबारे छलफल भएको थियो। 

null

स्रोतका अनुसार दुई अध्यक्षबीच कार्यदललाई केही दिन पर्खने, पर्खँदा पनि प्रतिवेदन बुझाउने तत्परता नदेखाए अपूरै भए पनि माग्ने मनस्थिति ओली–दाहालले बनाएका छन्।आजको अन्नपुुर्ण पोष्ट दैनिकमा खबर छ ।  

मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समितिले सचिवालय सदस्य रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय चौथो शक्तिशाली कार्यदल गठन गरेको थियो। 

यसअघि ३ वटा कार्यदल बनाए पनि सबै त्यसै निष्क्रिय भएका थिए। पछिल्लो कार्यदललाई जिल्ला तहसम्मको एकता र केन्द्रीय नेताको कार्यविभाजन प्रस्ताव तयार पार्ने जिम्मा दिइएको थियो। 

कार्यदललाई १०/१२ दिनम काम सक्न निर्देशन दिइएको थियो। १६ पुसमा काम थाले पनि सचिवालयद्वारा गठित प्रदेश कमिटी चयनकै विवादभित्र रुमल्लिनुभन्दा बढी कार्यदलले कुनै प्रगति गर्न सकेको छैन। 

कार्यदलमा पनि अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका ३/३ जना नेता छन्। यसबाट नेताहरूका स्वार्थ जुधेपछि एकीकरणको मापदण्डसमेत बन्न सकेको छैन। 

गठन भएयता कार्यदलको बैठक ७ पटक मात्र बसेको छ। तर पछिल्लो पटक ७ माघयता कार्यदलको बैठक नै बस्न सकेको छैन। कार्यदलले पुस मसान्तसम्म प्रतिवेदन बुझाए एकतासम्बन्धी सबै टुंगो लगाउने निर्णय नेकपा स्थायी समिति बैठकले गरेको थियो। 

तर बढीमा दुई साताको म्याद पाएको कार्यदलले काम थालेको ३४ दिनसम्म पनि के गर्ने अलमलिएको छ। संयोजक थापा र महासचिव विष्णु पौडेलले कार्यदलको बैठक बोलाउने विषयमा सदस्यलाई कुनै जानकारी दिएका छैनन्। 

कार्यदल सदस्य तथा स्थायी समिति सदस्य वेदुराम भुषालले आफूहरू कार्यदलको बैठक कुरेर बसेको बताए। ‘बैठक बस्ने÷नबस्ने अहिले कार्यदल संयोजक र महासचिवले हामीलाई कुनै जानकारी दिनुभएको छैन’, उनले भने, ‘बैठक बोलाउनु पर्‍यो, नबोलाएर हुन्छ ? हामी पर्खेर बसेका छौं, हेरौं।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *