रोजगार संयोजक मागभन्दा कम उत्तिर्ण, कुन प्रदेशमा कति ? नामावली सहित

 

फागुन १३, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सेवा केन्द्रमा रहने रोजगार संयोजकको नतिजा सार्वजनिक भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयले सार्वजनिक गरेको नतिजा अनुसार ७ सय ५३ वटा स्थानीय तहका लागि संयोजक माग गरिएकोमा ५ सय २१ जना मात्रै उत्तिर्ण भएका छन् ।मागभन्दा २ जना ३२ जना कम कर्मचारी छनोट भएका हुन् । 

नेपाल सरकारद्धारा चालू आर्थिक वर्ष २०७५/७६ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रम सञ्चालन गर्न प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिएको र सो केन्द्रमा काम गर्नको लागि ७ सय ५३ जना रोजगार संयोजक करारमा भर्ना गर्न लागिएको हो । यसका लागि गत माघ ४ गते विज्ञापन भएको थियो । 

null

 

२३ हजार ९ सय ६८ आवेदनहरू मध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यताक्रममा छानिएका थिए । प्रारम्भिक योग्यताक्रममा छानिएका उम्मेदवारहरुको फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाईन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिईएको थियो । 

परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोमा ५ सय २१ जनाले मात्रै आवश्यक अंक प्राप्त गरेका हुन् । 

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको थियो । 

यस रोजगार संयोजकको छनौटका लागि श्रम तथा रोजगार मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो । 

त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो । 

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी सम्बन्धित नगरपालिका वा गाँउपालिकामा खटाउने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *