इटहरी इन्टरनेशनल कलेजमा एक हजार बढी विद्यार्थीलाइ आइटी बुट क्याम्प

फागुन १, काठमाडाैँ । बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयको समबन्धमा गत वर्षबाट मोरङको सुन्दर हरैंचामा संचालनमा आएको इटहरी इन्टरनेशनल कलेजमा आइटी बुट क्याम आयोजना हुँदैछ । 

कलेजमा प्लस २ पढिरहेका विद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गरिएको हो । बुट क्याममा इटहरी ,झापा , धरान र बिराटनगरका बिभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता हुँदै आएको छ । हाल सम्म एक हजार बढी विद्यार्थीलाई उक्त बुट क्याम गराएको इटहरी इन्टरनेशनल कलेजका मार्केटिङ अफिसर नागार्जुन श्रेष्ठले जानकारी दिए । 

क्याममा एप्लिकेसन सफ्टवेयर र नेटवर्क सेक्युरिटीबारे विद्यार्थीहरुलाई तालिम दिइएको थियो । आइटी क्षेत्रमा ख्याति प्राप्त प्रशिक्षकहरु, नबिन केसी, मोनिल अधिकारी, सुबाश आचार्य र चिराग थापा लगायतले क्याममा विद्यार्थीहरुलाई तालिम दिदैँ आएका छन् । 

null

पूर्वमा आइटीको आकर्षण बढि रहेको र उक्त कलेज खुलेपछि विद्यार्थीहरुले अन्तराष्ट्रिय आइटी शिक्षा पूर्व मै पाएपछि हर्षित भएका छन् । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री म्यानेजमेन्ट अन्तर्गत बिबिए डिग्री र बिअईटि डिग्री सर्वशुलभ शुल्कमा अन्तराष्ट्रिय स्तरमा नै पढाइ हुँदै आएको छ । 

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौँ , हेराल्ड कलेज काठमाडौं , मेरिल्याण्ड कलेज बिराटनगर , र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *