वीपी उद्यानमा शहीद पार्क शिलान्यास गरिएकोमा कांग्रेसको आपत्ति

माघ २७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताद्वय वीपी कोइरालाको नाममा वीरगञ्जमा स्थापना गर्ने भनिएको उद्यानको ठाउँमा शहीद पार्क बनाउन लागिएकोप्रति आपत्ती जनाएको छ । 

आइतबा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा वीपी उद्यान नै निर्माण गर्न आग्रह गरे । 

गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए । 

null

कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले शिलान्यास कार्यक्रमप्रति आपत्ति जनाउँदै उक्त जग्गामा विपी उद्यान नै निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

कांग्रेसले केन्द्रीय सरकारको जानकारी बेगर यस्तो प्रक्रिया अघि बढेको भन्दै सो कार्य तत्काल सच्याउन माग गरेको छ। ‘सरकारले सो निर्णय तत्काल सच्याउनुपर्छ । अन्यथा संसद र सडकबाट दबाब बढाउने छौं’, प्रवक्ता शर्माले भने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *