मोरङमा डेढ कट्ठामा लगाइएको अफिम खेती नष्ट

 

फागुन १४, विराटनगर । मोरङ प्रहरीले डेढ कट्ठा बढी जग्गामा लगाइएको अफिम खेती नष्ट गर्नुका साथै खेतीगर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका र सुनबर्षी नगरपालिकाको भित्रि क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरेको हो । 

सो क्रममा प्रहरीले विभिन्न व्यक्तिले १ कट्ठा १४ धुर जग्गामा लगाएको ३ हजार ३४ वटा अफिमको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । 

null

प्रहरीले विशेष अप्रेशन सञ्चालन गर्दै पथरी शनिश्चरे नगरपालिका ५ मा ७ धुर जग्गामा अफिम खेती गरेका ५० बर्षिय चन्द्रप्रसाद गन्गाईको खेतीमा लगाइएको अफिम नष्ट गर्नुका साथै उनलाई पक्राउ गरेको छ । 

यस्तै सुनबर्षी नगरपालिका २ बस्ने ५२ वर्षीय बज्रु गन्गाईलाई ४ धुर जग्गामा अफिम खेती गरेको अभियोगमा पक्राउ गरिएको छ । प्रहरीले उनले लगाएको अफिम खेती समेत नष्ट गरेको छ । यसैगरि सोहि ठांउँका ३५ वर्षीय बासुदेव गन्गाईको १ कट्ठा जग्गामा लगाइएको अफिम खेती समेत प्रहरीले नष्ट गरेको छ । 

इलाका प्रहरी कार्यालय पथरी तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले अफिम खेती नष्ट गर्नुका साथै २ जनालाई पक्राउ गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *