लाजिम्पाटमा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं। सिद्घार्थ बैंकले बुधबारदेखि काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। हालसाल बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १३८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १४८ एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *