घटनामा संलग्न २१ फरार प्रतिवादी पक्राउ

फागुन ८, वालिङ ।  विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो । 

null

चालू आर्थिक वर्षमा मात्रै प्रहरीले सार्वजनिक अपराध मुद्दाअन्तर्गत पाँच, बहुविवाहमा पाँच, कर्तव्य ज्यान मुद्दामा चार, अंशवण्डामा दुई तथा जर्बजस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध र ठगीमा एक/एक फरार प्रतिवादीलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =