काठमाडौंको तिनकुनेमा ग्यास उत्खनन् गर्ने प्रक्रिया सुरु

फागुन ३, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले काठमाडौँको तिनकुनेमा ग्यास उत्खनन् प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । 

शुक्रबार राष्ट्रियसभाको बैठकमा मन्त्री यादवले ग्यास उत्खनन् का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तीको कामलाई अघि बढाइएको बताए । 

‘हालै काठमाडौँ उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाइकाको सहयोगमा अध्ययन गरिएको थियो । अध्ययन पश्चात् सरकारले तीनकुनेबाट त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागेको हो’, उनले भने । 

null

मन्त्री यादवले नवलपरासीको धौवादी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै त्यो फलाम खानी उत्खननको काम पनि सुरु गर्ने योजना अघि सारे । 

त्यस क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परिक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाइ छ । त्यसको विस्तृत विवरण चीनबाट आउन साथ त्यस क्षेत्रमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको योजना रहेको उनले सुनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =