कुष्ठरोग निवारण अभियान कार्यक्रममा सम्पन्न

फागुन ३, कैलाली । कैलालीको लम्की चुहानगर नगरपालिका बलिया स्वास्थ चौकी मा एक दिने कुष्ठरोग बिरुद्ध को वडास्तरिय अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रम लम्कीचुहा नगरपालिका बलिया स्वास्थ्य शाखाले गरेको थियो । 

लम्की चुहा नगरपालिकाका नगर स्यम सेविका जयन्ती बजगाई को सभापत्तिमा कार्यक्रम भएको थियो प्रमुख अतिथी लम्की चुहा नगरपालिका उप प्रमुख टिका थापा रहेका थिए भने कार्यक्रममा बिभिन्न समाजसेबी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । 

कुष्ठनिवारण रोग अभियान को बारेमा बिभिन्न जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने , सबैलाई औषधी सेवन कसरी खुवाउने, कुष्ठ रोग को औषधि सेवनले पार्ने असरहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । 

null

समाजसेवी, बिभिन्न संघ संस्थाका प्रतिनिधी र पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले यो कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख गंगा राम आचार्य , नगरपालिका स्वास्थ्य साखा उप सयोजक मीन बहादुर बिक करि सिहं बिक ले सहजिकणन गरेका थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *