दुहवीमा सोनाम ल्होसार मनाईयो

माघ २२ दुहवी । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रमको आयोजना गरी मनाईदैँछ । मंगलवार दुहवी ३ स्थित आङगे दोर्जे छोइलिङ बुद्ध गुम्वा स्थलमा सोनाम ल्होसार मनाइएको छ । 

 

आज सोनाम ल्होसार देशभर मनाईदैँछ । दुहवी ३ स्थित दुहवी ग्रिड छेवमा डेढ कठ्ठा क्षेत्रफलमा रहेको बुद्ध गुम्वा स्थल परिसरमा विभिन्न जातजाती, हिन्दु,मुस्लीम, इसाइ लगायतका जनजातीहरु मिलेर सोनाम ल्होसार मनाएका थिए । दुहवीमा विधिवतरुपमा पुजापाठ र नाचगान सहित मनाइएको सोनाम ल्होसार कार्यक्रममा अतिथिहरु संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मीहरुलाइ खादा ओढाएर सम्मान गरिएको थियो । 

null

सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व आज बिबिध कार्यक्रमको आयोजना गरी देशैभर मनाईदैँछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुँदैछ । यो २८५५ औँ सोनाम ल्होसार हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । 

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको आङगे दोर्जे छोइलिङ बुद्ध गुम्वा दुहवीका अध्यक्ष राम बहादुर गुरुङले बताए । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होसारलाई बिभाजन गरिएको बताइन्छ  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *