लेभान्टेसँग रियल मड्रिडको कठिन जित

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले लेभान्टेसँग दुई एक गोलको कठिन जित निकालेको छ । जसमा भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले उसको जित सम्भव भएको हो ।
निकै तनावपूर्ण खेलमा दुबै टिम दश खेलाडीमा सिमीत थिए । खेलको ४३ औँ मिनेटमा करिम बेन्जिमाको गोलमार्फत अग्रता बनाएको रियलविरुद्ध ६० औं मिनेटमा लेभान्टेका मार्टीले गोल गर्न सफल भए ।
त्यसपछि ७८ औं मिनेटमा लेभान्टेका खेलाडीले फल गरेपनि रेफ्रीले भारको सहायतामा पेनाल्टीको मौका दियो । जसमा ग्यारेथ बेलले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए । तर ८६ औं मिनेटमा रियल १० खेलाडीमा झर्न पुग्यो ।
null
नाचो दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल दश खेलाडीमा झर्यो । तर त्यसको दुई मिनेट पछि नै लेभान्टेका रोचिना पनि रातो कार्ड पाउँदै बाहिरिए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र रियलले जित निकाल्यो ।
जितसँगै तेस्रो स्थानको रियलले २५ खेलबाट ४८ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ५७ अंक रहेको छ ।








