आज ३००औँ हप्तामा बागमती सरसफाइ हुँदै

काठमाडौं। ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने नारासहित बागमती सफाइ महाअभियानको ३००औँ हप्ताको विशेष कार्यक्रम आज बिहान शङ्खमूलस्थित नदी किनारमा गरिँदैछ। 

बिहान ७ बजे आलोकनगर र युएन पार्कबाट जनजागरण र्‍यालीसहित शङ्खमूलमा जम्मा भएर सफाइसहित विशेष कार्यक्रम गरिनेछ। कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ। 

विशेष कार्यक्रमका लागि शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको अध्यक्षतामा उपत्यकाका सबै नगरपालिकाका प्रमुख सदस्य रहेको १ सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो। 

null

हाल उपत्यकाका विभिन्न स्थानका साथ उपत्यकाबाहिर समेत गरी १ सय २ स्थानमा नदी एवम् नगर सफाइका कार्यक्रम भइरहेका छन्। 

विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए। सुरुवाती चरणदेखि नै तत्कालीन मुख्यसचिव एवम् हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गरेका थिए। 

सुरुको १००औँ हप्तासम्म बागमती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो। २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न १० बुँदे घोषणापत्र जारी गरिएको थियो। 

यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर संकलन गरिसकिएकोे छ। यस कार्यमा एक हजार ८ सषय ५० सङ्घसंस्था आबद्ध रही करीब १० लाख स्वयंसेवक परिचालन भएका थिए। 

बागमती सफाइ महाअभियानको ३००औँ हप्ताको विशेष समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजै ७ सय ५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने गरी कार्यक्रम घोषणा गरिने जनाइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =