भाइलाई चिर्पटले हानेर हत्या गरी इनारमा फाल्ने दिदीसहित ३ जना पक्राउ
तनहुँ – आफ्नै भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरी इनारमा फाल्ने दिदीसहित ३ जनालाई मंगलबार तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ्ग दुधपोखरी – २, घर भइ भानु ९, काउरेटारमा बस्दै आएकी २८ वर्षीया मन कुमारी बिक, ३५ वर्षीया मनमाया बिक र लमजुङ दोर्दी गाउँपालिका – ३ लामागाउँ घर भई काउरेटार बस्ने २४ वर्षीय आयुष बिक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गएको माघ २१ गते दिउँसो काउरेटारमा रहेको राम प्रसाद हड्खलेको बारीमा सिँचाइको लागि खनेको इनारभित्र पुरुष व्यक्तिको सडेगलेको दुर्गन्धित अवस्थाको शव फेला परेको थियो।
null
अनुसन्धानबाट शव २६ वर्षीय राजु बिकको रहेको सनाखत भएपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
मृतकलाई उनकी दिदी मनमाया बि.क. समेतले गएको माघ १२ गते राति कुटपिट गरी दाउराको चिर्पट दाउरा प्रहार गरेर नाम्लोले घाँटीमा कसी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि त्यसै रात इनारमा लगेर शव फालेको र माथिबाट इनारको ढकनी लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदातलमा उपस्थित गराइ म्याद थप गरी अनुसन्धान भइ रहेको प्रनाउ अर्यालले बताए।