शास्त्रले भन्छ बिहीबार यी कार्यहरु गर्दा शुभफल प्राप्त हुन्छ

फागुन १६ । हामीले कुनै पनि कार्य गर्दा शास्त्र अनुसार गरेमा धेरै राम्रो फल प्राप्त हुन्छ । कुनै गर्दा कार्य कुन बार गर्दा राम्रो हुन्छ भनेर जानेर गरेमा आईपर्न सक्ने समस्याबाट छुटकारा पाउँछौँ । विहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ केहि यस्ता कार्यहरु छन् जुन बिहिबार गर्दा उचित हुन्छन् ।
बिहिबारको यी कार्य गर्नुहोस् शुभफल प्राप्त हुन्छ – भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् । – केरा दान गर्नुहोस् ।– सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । – केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् । – केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । – पहेँलो वस्तु दान गर्नुहोस् ।
null








