मनाङमा भारी हिमपातः चौंरीको अत्तोपत्तो छैन, किसानलाई रुनु न हाँस्नु

फागुन १५, मनाङ । मौसम बदलीसँगै मनाङमा हिमपात भएको छ । महिनौँ दिनसम्म लगातार परेको हिमपातले जनजीवन कष्टकर बनेको छ भने चौरीहरु पनि मर्ना थालेका छन् । यसले किसानलाई रुनु न हाँस्नु बनाएको छ । 

जिल्लामा रहेका चाैँरीगाेठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेको बताइएको छ । 

एउटा चौँरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्ने चौरी हराएपछि किसान चिन्तित भएका हुन् । हिमपातले खोज्न जान नसकिएको स्थानीय बताउँछन् । 

null

किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पु¥याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन । चौरीहरु हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे केही अत्तोपत्तो नभएको एक किसानले गुनासो पोखे । 

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *