आज घाम लाग्यो, भोली पानी पर्ने सम्भावना
माघ २७, काठमाडौँ । लगातारको वर्षा र हिमपातपछि आइतबार बिहानैदेखि मौसम सफा भएको छ । आज काठमाडौँसहित देशका धेरैजसो भू–भागमा घाम लागिरहेको छ । पश्चिमी वायुको न्यून चापीय प्रणाली शनिबार राति बाहिरिएका कारण आज बिहानैदेखि मौसममा सुधार आएको हो।
पश्चिमी भेगमा भने भोली पनि आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट फेरि आउन लागेको पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिएको हो ।
सोमबारदेखि पुनः देशभरको मौसम बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । पश्चिमको बादल पूर्वतर्फ सर्दै आउने भएकाले सोमबार काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना छ। आजै पनि साँझपख काठमाडौंमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
null
उक्त प्रणालीले मंगलबारसम्म देशका विभिन्न ठाउँमा छिटफुट वर्षा हुने तथा मौसममा गडबडी नै देखिएको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।