कामना सेवाको को ६५ औं शाखा प्रदेश नम्बर २ को सप्तरीको महुलीमा

फागुन ९, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा प्रदेश नं २ को सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा आज आफ्नो ६५ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

 

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो । 

null

शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रहरूमा समेत शाखा बिस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *