स्वारेज चम्कीएपछि बार्सिलोनासँग रियल मड्रिड पराजित

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा बार्सिलोना प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोलअन्तरले पराजित गरेसँगै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले रियलमाथि समग्रमा ४–१ गोलको जित निकालेको हो । पहिलो लेगमा बार्सिलोनाले रियलसँग १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे भने एक गोल उपहार स्वरुप पाएको थियो । 

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । स्वारेजले ५० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।६९ औं मिनेटमा राफयल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले दोब्बर अग्रता बनायो । ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट अर्को गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *