धरानमा होमस्टे सञ्चालन सहजीकरण

माघ २५, धरान । ग्रामीण र पहाडी भूभागमा पर्यटन पूर्वाधार विकास गर्नका लागि स्थानीयलाइ होमस्टे (घरवास) सञ्चालनका लागि उत्प्रेरित गरिएको छ ।  

धरान उपमहानगर पालिकाको धरान पर्यटन विकास समितिले दुइ दिने सहजीकरण कार्यक्रम आयोजना गरेपछि नौं वडा समुदाय होमस्टे गर्न तयार भएका छन् ।  

बिहिबार र शुक्रबार होटल सेछमा आयोजित सहजीकरण कार्यक्रममा धरान ४ र २० का नौं समुदायले विभिन्न सामुदायिक होमस्टे सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । धरान ४ को देवीथान, सेर्गे, सिरिगाउँ, हर्दिया, पत्रङ्वारी र बसन्तटारमा होमस्टेका लागि तयारी गर्ने सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।  

null

 

त्यस्तै, धरान २० को चिण्डेडाडा, माछामारा र कोकाहा सामुदायिक होमस्टे सञ्चालन गरिने भएको हो । सो कार्यक्रममा चक्र राईको संयोजकत्वमा नौं समुदायका एक एक सदस्य रहेको धरान सामुदायिक होमस्टे एशोशिएसन समेत गठन गरिएको छ ।  

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले उद्घाटन गरेको सहजीकरण कार्यक्रमको समापन भने प्रदेशसभा सदस्य उमिता बराइलीले गरेकी थिइन् । सहभागीहरुलाई होमस्टे एशोशिएसन नेपालका वरिष्ठ उपाध्यक्ष यदुमणि निरौला पर्यटनकर्मी वासुदेव बराल र मोहन श्रेष्ठले होमस्टे सञ्चालन पर्यटनका तत्व, पर्यटन बजारीकरण बारे जानकारी गराएका थिए ।  

धरान पर्यटन विकास समितिकी सदस्य एलिना मगरको संयोजकत्वमा भएको कार्यक्रममा समितिका सह संयोजक किशोर थुलुङले होमस्टे संचालनका लागि उपमहानगरपालिकाकाले आगामी वर्षदेखि बजेट विनियोजन गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा ३५ सहभागीले भाग लिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *