प्रधानमन्त्रीज्यू तपाईं सपुत बन्ने कि कपुत ?

माघ १९, काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि २४ दिनको आमरण अनसन तोडेका डा. गोविन्द केसीका पक्षमा आज माइतिघरमा प्रर्दशन गरिएको छ ।  

सरकारलाई खबरदारी गर्दै सोलिडारिटी फर डाक्टर केसी अलायन्सले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।विवेकशील दलको समेत सहभागीता रहेको प्रर्दशनमा नागरिक हक खोस्न पाइँदैन, खबरदारी जारी छ, प्रधानमन्त्रीज्यू तपाईं सपुत बन्ने कि कपुत?, शिक्षा र स्वास्थ्यमा माफियाकरण बन्द गर जस्ता नारा लगाउँदै डाक्टर केसी समर्थकले प्रदर्शन गरेका थिए । 

सरकारले सम्झौताविपरीत चिकित्सा विधेयक पारित गरेको भन्दै डाक्टर केसीले १६ औं अनसन सुरू गरेका थिए ।चिकित्सा शिक्षा विधेयकमा विगतमा भएका सम्झौताहरूमा सरकार ‘असंवेदनशील’ भएको भन्दै केसीले आगामी दिनमा संघर्ष जारी रहने जनाउँदै तत्कालका लागि सत्याग्रह तोडेको उनले बताएका छन् । 

null

 

केसीले अविलम्ब चिकित्सा शिक्षा विधेयकमा भएका ‘त्रुटि’ सच्याउन सरकार, संघीय संसद, राष्ट्रिय सभा तथा सांसदहरूलाई आग्रह गरेपनि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाटै पारित भइसकेपछि विधेयक संसोधन हुन सक्ने संभावना न्यून भएको छ । अब राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछी विधेयक कार्यान्वयनमा आउन बाँकी छ ।  

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =