मुटु रोगको उपचारमा नोबेलको नयाँ आयाम

 

फागुन १५, बिराटनगर । नोबेल शिक्षण अस्पतालले मुटु रोगको स्तरीय उपचारका लागि नेपालमै पहिलो पटक अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको छ । मुटुको जटिल एन्जियोप्लाष्टिका लागि अत्यन्तै उपयोगी मानिने यो मेसिन नेपालमै पहिलो पटक भित्राईएको हो । 

नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले रिबन काटेर मेसिनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपालमै पहिलो पटक अत्याधुनिक उपकरण प्रयोगमा ल्याएर मुटुरोगको स्तरीय उपचार थालेको भन्दै नोबेललाई बधाई ज्ञापन गरे । ‘नेपालमै पहिलो पटक नोबेलले अत्याधुनिक उपकरण ल्याएर उदाहरणीय काम गरेको छ ।’ उनले भने ‘प्रदेश नम्बर १ सवै काममा पहिलो हुँदै जानु प्रदेशबासीका लागि खुशीको कुरा हो ।’ 

null

 

प्रदेश सरकारले बिराटनगरलाई मेडिकल हबको रुपमा बिकास गर्ने भन्दै उनले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न सहयोगका लागि तत्पर रहेको बताए । त्यस्तै प्रदेश नं. १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निजी क्षेत्रबाट नोबेल अस्पतालले उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गरे । कार्यक्रममा शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगको उपचारका लागि नोबेलले मुलुकमै पहिलो पटक ओसिटी मेसिन ल्याएर उपचारमा प्रभावकारीता र स्तरीयता बढाएको प्रतिक्रिया दिए । 

सो अवसरमा बोल्दै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले समय अनुकुल नोबेलले सेवामा स्तरियता बढाउँदै लगेको बताउँदै अब बैशाखबाट नोबेलले ओपन हार्ट सर्जरी सुरु गर्ने घोषणा गरेका छन् । कार्यक्रममा नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले ओसिटी मेसिनको बारेमा जानकारी गराएका थिए ।  

ओसिटी मेसिन नोबेलले दुई करोडको लागतमा खरिद गरेको हो । कोरोनरी आर्टरी साँगुरिएका बिरामीहरुको ब्लकेज खोल्ने क्रममा स्टेण्ट राख्न यो मेसिन अत्यन्तै उपयोगी मानिन्छ । यसले नसा भित्रको भिडियो एक्सरे गरेर त्यहाँको वास्तविक अवस्था प्रष्ट रुपमा पत्ता लगाउँछ । जसका कारण स्टेण्ट हाल्नुपर्ने वा नपर्ने, हाल्दा कस्तो र कत्रो साईजको हाल्नुपर्ने, स्टेण्ट राख्दा राम्रोसँग मिल्यो कि मिलेन जस्ता सवै कुरा मेसिनकै माध्यमबाट पत्ता लाग्ने हुँनाले उपचार प्रभावकारी हुने डा.नेपालको भनाई छ । 

नोबेलले नेपालमै पहिलो पटक ओसिटी मेसिन प्रयोग थालेपछि मुटुको एन्जियोप्लाष्टिका लागि गुणस्तरीय र भरपर्दो उपचारको थालनी भएको हो । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *