ललाई फकाई गरी जबरजस्ती करणी प्रयास पक्राउ

फागुन ३, बिराटनगर । मोरङको बिराटनगर–४ इक्राहीमा बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गर्दा सुनसरी दुहवी–भलुवा–१ क २२ वर्षिय सलमोदिन मियालाई प्रहरीले पक्राउ गरेको हो । बिहान सवा ११ बजे को २ ह २०११ नम्बरको सिटी सफारी चालक मियाले बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गर्दा वालिका चिच्याए पश्चात स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए । 

घटनास्थलमा तत्काल प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले मियालाई सिटी सफारी सहित पक्राउ गरेको हो । पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईहेको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *