पृथ्वीनारायण शाहको शालिकबाट उडाइयो कालो बेलुन

माघ १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

सरकारले डा. केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेपछि नेविसंघले विरोध गरेको हो । 

सरकारविरुद्धको प्रदर्शनमा नेविसंघका ८ जना कार्यकर्ताहरुले कालो बेलुनमा सरकार विरोधी नारा लेखेर निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै उडाएका थिए । 

null

डा.केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =