मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा, कहिलेदेखि मौसममा आउला सुधार ?

काठमाडौ। काठमाडौ उपत्यकासहित आसपासको क्षेत्र र मुलुकका विभिन्न स्थानमा आज विहान पनि वर्षा भएको छ । काठमाडौ उपत्यकामा शुक्रबार (हिजो) बेलुका भारी वर्षा र हावाहुरी चलेको थियो । 

आज दिनभर पनि काठमाडौ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आइतबार (भोली) देखि भने देशैभर मौसम सफा हुने प्रक्षेपण गरेको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । 

null

शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने जनाइएको छ । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने महाशाखाको अनुमान छ । 

गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । हिमाली क्षेत्रका केही स्थानहरुमा भने भारी हिमपात भएको छ । आज पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासंगै हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =