दुहवीमा सामुदायिक मेलमिलाप कर्ताहरुको सपथ ग्रहण

फागुन ५, दुहवी । सुनसरीको दुहवीमा तालिम प्राप्त सामुदायिक मेलमिलाप कर्ताहरुको सपथ ग्रहण कार्यक्रम समपन्न भएको छ । 

आइतबार दुहवी नगरपालिका सभाहलमा भएको कार्यक्रममा सुनसरी जिल्लाका मुख्य न्यायाधिस पुरुषोत्तम प्रसाद ढकालले सपथ ग्रहण गराउँदै मेलमिलाप कर्ताहरुले ऐन र नियमावलीको अध्यन गर्नुपर्नेमा जोड दिएका छन । दुहवी नगरपालिकाको आयोजनामा भएको सपथ ग्रहण कार्यक्रममा बरिष्ठ अधिवक्ता एवं दुहवी नगरपालिकाका कानूनी सल्लाहकार हेमराज पोखरेलले शुभकामना मन्तव्य दिदैँ टोल–टोलबाट सुचिकृत भएका सामुदायिक मेलमिलाप कर्ताहरुले अन्यायमा परेकाहरुलाइ न्याय दिलाउन सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन । 

दुहवी नगर पालिकाका १२ ओटै वडाबाट ४५ जना सामुदायिक मेलमिलाप कर्ताहरु चुनिएको मेलमिलाप कर्ता दुहवी नगर संयोजक शंकर बस्नेतले जानकारि दिएका छन । कार्यक्रमका मुख्य अतिथी दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल(साह)ले न्यायको पाटो अहम हुँने बताउँदै गरिब निमुखाहरुलाइ न्यायको प्रत्याभुत गराउँन न्याय सहज र सुलभरुपमा उपलब्ध गराइ दुबै पक्षलाइ जित–जितको अवस्थामा पुर्याउने जानकारी दिइन् । 

null

दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दुहवी न्यायिक समितिका कालिदास भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य दुहवी न्यायिक समितिका सदस्य बिनय दाहालले गरेका छन । सपथ ग्रहण कार्यक्रममा दुहवी नगरपालिकाका वडाध्यक्षहरु, कर्मचारी लगायतको उल्लेख्नीय उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *