वार्डमा सारियो तर तङ्ग्रिन सकेका छैनन् डा. केसी
२०७५ माघ २३ गते

काठमाडौं । २४ दिन अनशन बसेका चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी तङ्ग्रिन सकेका छैनन्। अनशन तोडेलगत्तै आईसीयू भर्ना भएका उनी पाँच दिनदेखि उपचाररत छन्।
टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीलाई आईसीयूबाट मंगलबार वार्डमा सारिएको केसीका भाइ किशोर केसीले जानकारी दिए।
सरकारले आफूसँग गरेका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने मागसहित डा. केसीले शुक्रबार अनशन तोडेका थिए। सरकारले डा. केसीसँग सरकारले साउन १० मा सम्झौता गरेको थियो। आजको अन्नपुुर्ण पोष्टमा खबर छ।
null
सरकारको बदनियतका कारण मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायत प्रावधानमा सुधारको काम अधुरै रहेको डा. केसीको भनाइ छ। चिकित्सा शिक्षा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न फरक ढंगले लडिरहने उनको प्रतिबद्धता छ।
२०७५ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








