बाघकले आक्रमण गर्दा एक घाइते

माघ २४, चितवन । कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहेका छन् । 

राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केसीको हात र खुट्टामा चोट रहेको छ । 

यस्तै नारायणगढबाट काठमाडौँ जाँदै गरेको माइक्रोबसमा ढुङ्गा लाग्दा एक घाइते भएका छन् । प्रहरीका अनुसार बा ३ ख १७७३ नंको माइक्रोबसमा इच्छाकामना गाउँपालिका–६ जलबिरेमा माथिबाट खसेको ढुङ्गा लागी कालिका नगरपालिका–६ बस्ने ६० वर्षीय विर्जलाल मर्दनीया घाइते भएका हुन् । घाइते मर्दनीयाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मर्दनीयाको टाउको र गालामा चोट लागेको प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =