धरानमा मन्त्र व्याण्डको च्यारिटि नाइट हुँदै
फागुन १०, धरान । मन्त्र व्याण्ड स्थापना भएको २० वर्ष पुगेको अवसरमा एनजि इभेन्ट म्यानेजमेन्ट प्रालिले ‘ट्वेन्टि इयर्स अफ ग्लोरियस एनिभर्सरि च्यारीटि नाइट’ को आयोजना गर्ने भएको छ ।
मन्त्र व्याण्डले सांगीतिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै व्याण्डको सम्मानमा यहि फागुन १२ गते च्यारिटि नाइटको आयोजना गर्न लागिएको आयोजक एन.जि इभेन्ट म्यानेजमेन्ट प्रालिले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको हो ।
धरान ९ स्थित वज पव एण्ड रेष्ट्रोमा आयोजना हुने च्यारिटि नाइटमा मन्त्र व्याण्डको लाइभ प्रस्तुति सँगै नेपाल आइडल सिजन दुईका सर्वोत्कृष्ट पर्फमेन्स उपाधि विजेता सन्देस लामाको पनि प्रस्तुति रहनेछ ।
null
साँझ ५ बजेदेखि बेलुकी साढे १० बजेसम्म चल्ने उक्त कार्यक्रमबाट उठेको रकमबाट दश हजार रुपैयाँ कुनै सामाजिक संस्थालाई सहयोग गर्ने एनजि इभेन्टका डाइरेक्टर पे्रम क्षेत्रीले जानकारी दिए ।
२०६३ सालमा स्थापना भएको एनजि इभेन्ट म्यानेजमेन्ट प्रालिले यसअघि पनि समाजिक कार्य गर्दै आइरहको बताइएको छ ।