महिला टी–२० विश्वकप छनौटः नेपालद्वारा चीनलाई ७८ रनको लक्ष्य
२०७५ फागुन १४ गते

फागुन १३, काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चीनलाई ७८ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन मात्रै जोड्न सक्यो ।
null
नेपालका लागि ओपनर सिता राना मगरले ११ रन जोडिन् भने अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् । यस्तै विन्दु रावल १० रनमा तथा इन्दु बर्मा आठ रनमा पेभेलियन फर्किए भने अप्सरा ३ रन, रुविना ५ रन र सरिता मगरले ६ रन जोडिन् ।
चार खेलमा तीन खेल जितेको नेपालले आज चीनलाई पराजित गरे विश्वकप खेल्ने आफ्नो सपनालाई जिवितै राख्नेछ ।
नेपालले फेब्रुअरी २७ मा कुबेतसँग अन्तिम खेल खेल्नेछ ।
२०७५ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








