मेस्सीको ह्याट्रिक, सेभिल्लाको मैदानमा बार्सिलोनाको सहज जित

 

एजेन्सी । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो। 

खेलमा सुरुवाती अग्रता भने सेभियाले लिएको थियो । खेलको २२ औं मिनेटमा नाभासले गोल गर्दै सेभियालाई अग्रता दिलाए । २६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । खेलको ४२ औं मिनेटमा मेर्काडोले गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए । 

null

 

दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । खेलको ८५ औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए। 

योसंगै मेस्सीले ला लिगामा करियरको ५० औं ह्याट्रिक समेत पुरा गरेका छन् । यस्तै मेस्सीले सेभियाविरुद्ध २६ गोल गर्न सफल भएका छन्। 

 

त्यसपछि खेलको ९० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए। जितसंगै बार्सिलोनाले १० अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४७ अंक छ । 

पराजित सेभिया ३७ अंकसहित पाँचौ स्थानमा छ। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *