चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

माङ २४, मुग्लिन। चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग ३ ख ३२६९ नंको बसले लु ५ प ६८५६ नंको मोटरसाइकललाई ठक्कर  दिंदा उक्त दुर्घटना भएकाे हाे ।  

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएकाे हाे । 

मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले उक्त कुराकाे जानकारी दिएका छन् । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *