आपरुपी शिवलिङ उत्पन्न हुँदा भक्तजनहरुको घुइँचो

फागुन १२, दुहवी । सुनसरीको दुहवी २ स्थित तुताहामा आपरुपी शिवलिङ उत्पन्न भएको १ वर्ष पुरा भएको अवसरमा कलश यात्रा सहित जल अर्पण गरिएको छ । भक्तजनहरुले दुहवी २ स्थित तुताहाको आपरुपी शिवलिङ पुजा स्थलबाट दुहवीको बुढीखोलाबाट जल लिइ काली मन्दिर हुँदै बाजागाजा र नाचगान सहित दुहवी बजार परिक्रमा गरि जल अर्पण गरिएकाे छ । 

 

सो कलश शोभायात्रामा टोलवासी लगायतको उल्लेख्नीय सहभागिता रहेको थियो । दुहवी २ स्थित तुताहाकी हरीमाया न्यौपाने (चौधरी) का अनुसार सपनामा भगवान शिवले दर्शन दिएको र म तिम्रो घरको कोठामुनि निस्सासीएको छु मलाइ निकालेर स्थापना गर भनेपछि आफुले घरको कोठाहरु हेर्दा एउटा कोठाको भुइँ चर्किएको देखिएको थियो । उनले भनिन् भुइँ चर्किएको देखिएपछि खनेर हेर्दा आपरुपी शिवलिङ भेटियो र छेवमै भगवान गणेशको आकारमा प्रतिमा समेत भेटिएको जानकारी दिइन् । 

null

 

हरीमाया न्यौपाने (चौधरी) का श्रीमान गोरेलाल चौधरीका अनुसार आपरुपी शिवलिङ र गणेशको प्रतिमा भेटिएको ठाउँमा प्रतेक दिन पुजा सुरु गरिएको, भगवानले स्वप्न दर्शन दिए घर वाहिर न भए सो ठाउँमै मन्दिर स्थापना गरिने जनाए । स्थानिय कुशलचन्द्र विश्वासका अनुसार आपरुपी शिवलिङ उत्पन्न भएको ठाउँमा शनिवार र सोमवार भक्तजनहरुको घुइँचो लाग्ने गरेको जनाएका छन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *