ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

फागुन १३, उर्लाबारी ।  मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *