पशुपति शर्माको गीत घन्काउँदै माइतीघरमा यसरी नाचे जनता

 

फागुन ५, काठमाडौँ । पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा, नेपालमै हो छुट’ लाई प्रतिबन्ध लगाइएको भन्दै माइतीघरमा सार्वजनिक रुपमै उक्त गीत बजाउँदै प्रदर्शन गरिएको छ । 

विवेकशील नेपाली दल समर्थित युवाहरुले माइतीघरमा गीत बजाउँदै नाचेर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘कम्युनिस्ट सरकार कि पञ्चायत रिटर्न्स ? भ्रष्टाचार बन्द गर्ने कि भ्रष्टाचारविरुद्धको गीत ? लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।  

null

प्रदर्शनमा सहभागी एक जनाले जनताको नैसर्गिक अधिकारमाथि खेलबाड गर्ने सरकारलाई जनताले पाँच वर्ष टिक्न नदिने बताए । उनले कुनै पनि गीत कविताहरु लेख्दा सरकारलाई सोधिरहनुपर्ने ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओली सरकार नैतिक रुपमा गिरीसकेको उनकाे भनाइ छ । 

लोक गायक पशुपति शर्माले लुट्न सके लुटमा विद्यमान समाजमा देखिएको भ्रष्टाचार र विकृति–विसंगतिलाई व्यंग्यात्मक शब्दले प्रहार गरेका थिए । उनको गीतमा वाइडबडी घोटाला देखि राष्ट्रपतिको हेलिकप्टरसम्मको प्रसंग उल्लेख थियो । 

गीत रिलिज भएको केही समयमै युट्युबबाट उक्त गीत हटाइएको थियो । शर्माले राष्ट्रपतिलाई नै ताकेर शब्द बनाएको भन्दै नेकपाका केहि नेताहरुले शब्द सच्याउन दबाब दिएपछि उनले शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले उक्त शब्दहरु परिमार्जन गर्ने बताएका थिए । शर्माले भने कसैकाे दबाबमा आएर गीत नहटाएकाे बताउँदै आएका छन् । 

शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाएपनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ। शर्माको युट्युब च्यानलबाट हटाइए पनि युट्युबमा अहिले उक्त गीत जताततै छरिएको छ। 

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =