हात्तिपाइले रोग बिरुद्ध को वडास्तरिय अभिमुखिकरण कार्यक्रम

फागुन ९, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका १० चुहा स्वास्थ्य चौकीमा एक दिने हातिपाइले रोग बिरुद्ध को वडास्तरिय अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रम नगरपालिका को स्वास्थ्य साखाले गरेको थियो । 

नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया सभापत्तिमा कार्यक्रम भएको थियो । कार्यक्रमम बिभिन्न समाजसेबी,बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । हातिपाइले रोगको बारेमा बिभिन्न जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने , सबैलाई औषधी सेवन कसरी खुवाउने, हातिपाइलेको औषधी सेवनले पार्ने सामान्य असरहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । हात्तिपाइले रोगका बारेमा फैलिएका बिभिन्न नकरात्मक भ्रम चिन्न सिमाजसेबी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले यो कार्यक्रम गरीएको स्वास्थ्य शाखाले जनाएको छ । 

तालिम लम्की चुहा नगरपालिका स्वास्थ्य साखाका अधिकुत करि शिहं भुल चुहा स्वास्थ्य चौकी ईनचार्ज मनरुप न्याैपानेले सहजीकरण गरेका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *