१० खेलाडीमा सिमीत म्यानचेस्टर सिटीले हारलाई बनायो जित

एजेन्सी । च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटीले एफसी साल्केलाई ३–२ ले हराएको छ । अन्तिम १६ को पहिलो लेग खेलमा पहिलो हाफ सकिदा सिटी २-१ ले पछाडी परेको थियो । साल्केले पहिलो हाफका दुबै गोल पेनाल्टीमार्फत गरेको हो ।
खेलको ३८ र ४५ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई बेन्तालेबले साल्केको पक्षमा पारेका थिए । सो खेलमा पहिलो अग्रतमा भने सिटीले खेलको १८ औं मिनेटमा सर्जियो अग्युरोको गोलबाट लिएको थियो ।
दोश्रो हाफमा १० खेलाडीमा सिमित भएको सिटीका लागि लिरोय सानेले ८५ औं मिनेटमा बराबरी गोल फर्काए । ६८ औं मिनेटमा सिटीका निकोलास ओतामेन्दीले दोहोरो पहेंलो कार्ड खाएपछि सिटी १० खेलाडीमा खुम्चिनु पुगेको थियो ।
null
१० खेलाडी र बराबरीको दबाबमा रहेको सिटीले खेलको ९० औं मिनेटमा रहिम स्ट्रलिङ्गको गोलले नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो । सो गोल उनले ९० औं मिनेटमा गरेका थिए ।








