ईनरुवामा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

 

फागुन ८, ईनरुवा । प्रथम राष्ट्रपति रनिङ सिल्ड नगर स्तरीय खेलकुद प्रतियोगिता सुनसरी सदरमुकाम ईनरुवामा आजदेखि सुरु भएको छ । 

ईनरुवा नगरपालिका कार्यालयको आयोजनामा आगामी १६ गते सम्म ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत छात्र, छात्रा दुबै समूहमा खेलाइने खेलमा भलिबल, हाइजम्प, लम्जम्प, त्रिपलजम्प, दौड आदि खेल खेलाइने ईनरुवा नगरपालिकाका सूचना अधिकृत निरजकुमार पोखरेल बताए । 

null

प्रतियोगिताको उद्घाटन ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता गरेका छन् । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सहभागी सम्पूर्ण खेलाडी विद्यार्थीलाई शुभकामना दिँदैे नगरप्रमुख मेहताले खेलकुद जीवनको एउटा महत्वपूर्ण पक्ष भएको बताए । 

ईनरुवा नगरपालिकालाई खेलकुद शहरको रुपमा चिनाउनका लागि नगरपालिकाले बिभिन्न योजना समेत बनाई रहेको मेहताले बताए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारी, सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी प्रमुख, ईनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल, पूर्व नगरप्रमुख खेमराज पोखरेल, गोपाल कोइराला, वडा अध्यक्ष अञ्जनीकुमार पोखरेल, सुरेन्द्र यादव, रामचन्द्र पौदार बसिरमुद्धिन मंसुरी लगायतको उपस्थिती रहेको थियो । 

प्रतियोगितामा सहभागी विद्यालय मध्येबाट एथलेटिक्स तथा भलिबलको प्राप्त अङ्क जोडी उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यालयलाई राष्ट्रपति रनिङ सिल्ड प्रदान गरिने ईनरुवा नगरपालिकाले जनाएको छ । प्रतियोगिता सुरु हुनुअघि विद्यार्थीले मार्चपास गरेका थिए । प्रतियोगितामा इनरुवा क्षेत्रका बिभिन्न सामुदायिक र निजी विद्यालयको सहभागिता रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *