कांग्रेसलाई कमजोर ठान्नु सरकारको ठुलो भुलः प्रकाशमान सिंह

माघ २१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप लगाएका छन् ।
सोमबार काठमाडौँ जिल्ला समितिले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले काठमाडौंका जनतालाई मेलम्चीको पानी ल्याउने भनेर ओली सरकारले झुक्याएको आरोप लगाए ।
विरोध कार्यक्रममा नेता सिंहले कांग्रेसलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन् । ‘राणा शासन र पञ्चायत ढालेको कांग्रेसले प्रतिपक्षीको भूमिका निभाउँदा कमजोर ठान्छ भने सरकारको यो ठुलो भुल हुनेछ’, उनले भने ।
null
बलात्कार, हत्या हिंसा जस्ता जघन्य अपराध नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्दै नेता सिंहले भने, ‘केपी ओली सरकारले दुई तिहाईको दम्भ देखाइरहेको छ । ठूला ठूला भ्रष्टाचार प्रकरणका दोषीलाई कारबाही गर्न सकेको छैन । यदि यस्तै हो भने जनताले बिदा दिन्छन् ।‘
सिंहले डा गोविन्द केसीले अनशन तोडे पनि चिकित्सा शिक्षा विधेयकमा कांग्रेसले विरोध जारी राख्ने बताए।
उनले वाइडबडी जहाज खरिदमा भएको अर्बौं घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न, सुन काण्डमा दोषी भनिएका ‘ठूला माछा’ लाई कारवाही गर्न र प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचार सम्बन्धमा उचित छानविन गर्न माग गरे ।








