सरकारविरुद्ध खनिदै प्रचण्डले भने, ‘फेरी अर्को माओवादी जन्मन सक्छ’

माघ २५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको चर्को आलोचना गरेका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । उनले सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत चलिरहेको गम्भीर आरोप लगाउँदै देश फेरि पनि द्वन्द्वमा फस्न सक्ने चेतावनी दिए । 

‘संविधानलाई आत्सात गरी कार्यान्वयन गर्ने कुरामा बिलम्ब गरे मधेशका एक खालको, पहाडमा अर्को खालको आन्दोलन सुरु हुने खतरा हुन्छ । देश भयानक दूर्घटनामा फस्न सक्छ । जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादीकोभन्दा पनि ठूलो आन्दोलन हुने सम्भावना छ’, अध्यक्ष दाहालले भने । 

null

हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युगतिर जाने परिकल्पाना गरेर शान्ति सम्झौता गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए । 

उनले शान्ति प्रक्रियामा हिजो सँगै लडेकाहरु अहिले निधार खुम्चाएर सोच्नुपर्ने अवस्था आएको भन्दै यसलाई हल्का रुपमा लिए देशलाई अप्ठ्यारो पर्न सक्ने चेतावनी दिए । ‘माओवादीलाइ कसैले सिध्याइयो भन्ने ठानेको छ भने अर्को माओवादी जन्मन्छ। विभेदमा परेकालाई अधिकार दिने कुरालाई हल्का रुपमा लिएमा दुर्भाग्य हुन्छ’, प्रचण्डले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =