धरानका नदी जन्य वस्तु उत्खनन् गर्न जेसिवी प्रयोग गर्न दिएको प्रति नेकपाको विरोध

फागुन ९, धरान । सुनसरीको धरान क्षेत्रका सेउती, सर्दु, अधेरी र सेहराखोलाबाट नदी जन्य वस्तु ढुङगा गिट्टी र बालुवाहरु जेसिवी/स्काभेटर लगाई उत्खनन् गर्न पाउँने गरी नगरपालिकाले टेण्डर आवहान गरेको प्रति सत्तारुढ नेकपा असन्तष्ट रहेको पाईएको छ । 

 

धरान उपमहानगरपालिकाले गत फागुन १ गते ढुंङ्गा गिट्टी बालुवा संकलन गर्नका लागि टेन्डर आह्वान गरेको थियो । खोलामा कुनैपनि मेसीन जन्य बस्तु प्रयोग गर्न नहुने भएपनि उपमहानगरपालिकाले जेसिवी/स्काभेटर लगाई उत्खनन गर्न छुट दिएको प्रति नेकपाका स्थानीय नेताहरुले विरोध जनाएका छन् । 

null

नेकपा धरानका नेता चोत्लुङले सामाजिक सञ्जाल फेसबुक मार्फत निर्णयको असन्तुष्टि जनाउँदै धरान उपमहानगरपालिकाले समयमै आफनो निर्णय माथि पुर्न विचार गर्न आग्रह गरेका छन । 

चोत्लुङले सर्दु खोला हुँदै विष्णुपादुका जाने बाटो मुनीकोे केही भाग र अधेरीखोलाको ठिंगाबारी जाने बाटोको मुनीको केही भाग उत्खनन गर्दा जेसिवी/स्काभेटर प्रयोग गर्न नहुने बताएका छन् । उक्त क्षेत्रमा मानववस्ती भएकोले जेसिवी/स्काभेटर प्रयोग गर्दा मानवी वस्ती जोखिममा पर्ने उनको धारणा छ । 

सो क्षेत्रमा जेसिवी/स्काभेटर लगाउँदा तारजाली र तट्बन्धनहरुमा ठुलो क्षती हुने सम्भावना रहेकाले सो निर्णय सच्याउन चोत्लुङले आग्रह गरेका छन् । 

उनले ती नदी आसपास रहेका बस्तीलाई समेत क्षती पुर्याउने जोखिम रहेको दावी गरेका छन । धरान उपमहानगरपालिकाले फागुन १ गते आइइइ रिपोर्ट अनुसार ३० दिनको समय राखेर टेण्डर आव्हान गरेको थियो । ३५ लाख ६० हजार ६७८ वर्ग फिट नदी जन्य पदार्थ उत्खनन् गर्न न्यनतम रु १ करोड ६ लाख ८२ हजार ३४ रुपैँया निर्धारण गरिएको छ । स्विकृत आइइइ प्रतिवेदन अनुसार माथी उल्लेखित नदीहरुबाट २० देखी ३० मिटर चौडाई र १ देखी १.५ मिटर सम्म उत्खनन गर्न सकिने छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *